हाम्रो बारे

विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका सवालहरुमा समान बुझाई, नीतिगत अधिवाचन, समन्वय र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका प्राथमिकताका बारेमा सुझाव प्रदान गर्नका लागि विपद् जोखिम न्यूनीकरणको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको साझा मञ्च हो । संयुक्त राष्ट्र संघीय विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय सचिवालयबाट विश्वाव्यापी रूपमा विभिन्न तहमा विपद् जोखिम न्यूनीकरण कार्यमञ्च गठन गरी विपद् व्यवस्थापनका कार्यलाई समन्वयात्मक र प्रभावकारी बनाउन सबै सरकारलाई आग्रह गरे बमोजिम नेपाल सरकार गृह मन्त्रालयले २०६९ सालमा “विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्च” गठन गरेको हो । विपद्बाट उत्थानशील मुलुकको विकासका लागि विपद् जोखिम न्यूनीकरणका कार्यलाई प्रभावकारी बनाउन सबै तह र तप्कामा यसको अवधारणा विस्तार गर्दै विकाससँग सम्बन्धित सबै विषयगत क्षेत्रका समस्याको सम्बोधनको लागि आवश्यक सुधारका क्षेत्र पहिचान गरी अधिवाचनका साथै सहकार्य अभिवृद्धि गरी सबै क्षेत्रको सहभागिता सुनिश्चित गर्ने आधार तयार गर्नु यस कार्यमञ्चको मूल उद्देश्य रहेको छ ।

गृह मन्त्रालयका सचिवको अध्यक्षता रहदै आएको कार्यमञ्च, २०७६ साल पौष १० गते देखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीको अध्यक्षतामा संचालन हुदै आएको छ । २०७० साल कार्तिक ७ गते सम्पन्न भएको विपद् जोखिम न्यूनिकरण राष्ट्रिय कार्यमञ्चकोे बैठकले प्रकोप पूर्व तयार सञ्जाललाई सचिवालयको जीम्मेवारी प्रदान गरेको थियो भने संस्थाको संचालन तथा व्यवस्थापनकोलागि प्राबिधिक सहयोगको जीम्मेवारी युएनडीपीलाई प्रदान गरेको थियो । उक्त निर्णय पश्चात, प्रकोप पूर्व तयार सञ्जालले सचिवालयको जीम्मेवारी अनुरुप बिभिन्न सरोकारवाला संघ संस्था तथा समुहहरुसंग समन्वय गरी सहकार्य गर्दै आईरहेको छ । सञ्जालले विपद् जोखिम न्युनीकरण तथा ब्यवस्थापन संग सम्बन्धित नीतिगत दस्तावेज र्निमाण गर्न सहजीकरण तथा आर्थिक श्रोत जुटाउन देखि विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन संग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवश मनाउन तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाली टोलीको अर्थपुर्ण सहभागिताकालागि बिभिन्न सरोकारवालाहरुसंग समन्वय तथा पहल गर्दै आएको छ । 

कार्यमञ्चको मार्गदर्शन मस्यौदाको क्रममै रहेको भएता पनि उक्त मस्यौदा स्विकृत भई लागु गर्नुपर्ने कुरा सरोकारवालाहरुबिच महसुस हुदै आएको छ । उक्त मस्यौदाले  बिभिन्न नौ वटा सरोकारवाला समुहहरु सरकारी निकायको समूह, सार्वजनिक संस्थान तथा अर्ध सरकारी निकायको समूह, प्राज्ञिक तथा अनुसन्धानमूलक समूह, दाता तथा संयुक्त राष्ट्र सङ्घीय समूह, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था समूह, र्राष्ट्रिय गैरसरकारी संस्था समूह, व्यवसायिक प्रतिष्ठान तथा निजी क्षेत्रका समूह, सूचना प्रविधि तथा सञ्चार समूह,  विपद् प्रभावित समूहको गठनको व्यवस्था गर्नुका साथै विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चलाई प्रादेशिक तह तथा स्थानीय तह सम्म बिस्तार गनुपर्ने ब्वयस्था गरेको छ । 

पदाधिकारी
केपी शर्मा ओली

सम्माननीय प्रधानमन्त्री

राम बहादुर थापा 'बादल'

माननीय गृह मन्त्री

अनिल पोखरेल

कार्यकारी निर्देशक

जनार्दन गौतम

प्रवक्ता/सूचना अधिकारी

आगामी कार्यक्रम
  • 16
  • Shr

Meeting to improve the damaged road

  • 2 दिन अगाडी
  • 27
  • Aso

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा विपद् जोखिम न्यूनीकरण अन्तर्राष्ट्रिय दिवसको समुद्घाटन कार्यक्रम ।

  • 1 दिन अगाडी
  • 27
  • Aso

13th October=13:00 PM = माननीय गृहमन्त्री रामबहादुर थापा "बादल" ज्यूलाई नेपाल चेम्बर अफ कमर्सद्वारा "राहत सामाग्री हस्तान्तरण" कार्यक्रम । स्थानः गृह मन्त्रालय, सभाहल ।

  • 9 दिन अगाडी